८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
जाजरकाेटमा युवा उद्यमीहरुकाे लागि नि:शुल्क सिप विकास व्यवसायिक तालिम
जाजरकाेटमा युवा उद्यमीहरुकाे लागि नि:शुल्क सिप विकास व्यवसायिक तालिम
  • पश्चिम पत्र

जाजरकोट । जाजरकोटमा  युवा उद्यमीहरुकाे लागि नि:शुल्क सिप विकास व्यवसायिक तालिम सम्पन्न भएकाे छ ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन गरिएको अवसर दोस्रो परियोजना मार्फत युवा उद्यमीहरुकाे लागि नि:शुल्क सिप विकास व्यवसायिक तालिम सम्पन्न  भएकाे हाे ।

नि:शुल्क व्यवसायिक सिप तालिम समापन जेठ २९ गते भेरी नगरपालिका उपप्रमुख सीता जैशीको प्रमुख आतिथ्यमा, जिल्ला प्रशासन कार्यालय प्रमुख ऋषि राज आचार्यकाे बिशेष आतिथ्य र उधोग तथा उपभोक्ता हित समंरक्षण कार्यालय जाजरकोट प्रमुख महेन्द्र भडेलकाे आतिथ्यमा भएको थियो ।

समापन कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिप जंग शाह, कार्यकारी निर्देशक रण बहादुर कार्की, सेभ द चिल्ड्रेन वरिष्ठ कार्यक्रम संयोजक अनन्त वि क, परियोजनाका कर्मचारीहरु र तालिम प्राप्त युवाहरुको सहभागिता रहेको थियो । भेरी नगरपालिका उपप्रमुख सीता जैशी ज्यूले भेरी नगरपालिका भित्र चाहिने थप सहयोगको लागि नगरपालिका तयार रहेको र यो तालिम पश्चात सफल व्यवसायी हुनुहुन युवाहरुलाई शुभकामना दिनुभएको थियो । साथै जिल्ला प्रसासन कार्यालय प्रमुख ऋषि राज आचार्य ज्यूले भुकम्प पछिको जाजरकोटमा काष्ठकला, डकर्मी र हाउस वाइरिङको निकै भूमिका हुने र यो तालिम संचालन गरेकोमा सहयोगी संस्थालाई धन्यवाद दिनुभएको थियो।

चैत्र २३ देखि जेष्ठ २९ गते  सम्म ६५ दिन संचालन भएकाे  तालिममा भेरी नगरपालिका, कुशे गाउँपालिका र शिवालय गाउँपालिकाका गरि ५५  युवाहरुकाे उपस्थिति रहेकाे थियाे भने उनीहरुलाई बिभिन्न ८ बिधा (वेल्डर, मोटरसाइकल मर्मत, फर्निचर मेकर, डकर्मी, हाउस वाइरिङ, मोवाइल मर्मत, ब्यूटिपार्लर र बार्बर) काे तालिम दिइएकाे थियाे ।

साथै तालिम समापन लगत्तै  युवाहरुलाई आफ्नो ब्यवसाय शुरु गर्न सामग्री प्रदान  गरिएको छ । तालिममा सहभागि भएका युवाहरुलाई ब्यवसाय शुरुवात गर्न सामग्री हस्तान्तरण गरिएकाे र  यसले युवाहरुलाई स्वोरोजगार बन्न सहयोग गर्ने संस्थाका अध्यक्ष प्रदिपजंग शाहले बताउनुभयो ।

बिपन्न तथा सिमान्तकृत समुदायका युवाहरुमा बजार माग अनुरुपको ब्यवसायिक सीप विकास गर्ने र उद्यममार्फत आय आर्जन बृद्धि गरि बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पोषणको अवस्थामा सुधार गर्नका लागि परियोजनामार्फत सहयोग गरिएको र औषतमा तालिम खर्च र सामाग्री सहयोग खर्च गरि प्रति ब्यक्ति रु १ लाख ५० हजार बराबरको सहयोग हुने संस्थाका परियोजना संयोजक बिष्णु प्रसाद पन्थले जानकारी गराउनु भयो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रण बहादुर कार्कीले  हस्तान्तरण सामग्रीहरुको सही रुपमा प्रयोग गरी आम्दानीमा बृद्धि गर्न र आम्दानीलाई बालबालिकाहरुको विकास र शिक्षामा लगानी गर्न सुझाव दिनुभएको थियो ।

  • १ असार २०८१, शुक्रबार प्रकाशित
  • Nabintech