१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
जाजरकोटका स्थानीय तहमा ३१ करोड बढी बेरुजु
जाजरकोटका स्थानीय तहमा ३१ करोड बढी बेरुजु
  • paschimpatra

जाजरकाेट । जाजरकोटका स्थानीय तहमा ३१ करोड बढी बेरुजु आएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा जाजरकोटमा सात स्थानीय तहमा ३१ करोड ५० लाख ९७ हजार बेरुजु देखिएको हो ।

जिल्लामा रहेका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम नलगाड नगरपालिकामा रहेको छ । नलगाडको ८ करोड ६७ लाख २१ हजार रहेको छ । नगरपालिकाले १ अर्व २९ करोड ३७ लाख ३ हजार लेखापरीक्षण गराएको थियो । ६.७० प्रतिशत बजेट बेरुजु देखिएको हो ।

त्यसपछि सबैभन्दा बढी कुशे गाउँपालिकाको बेरुजु ७ करोड ५० लाख ३५ हजार रहेको छ । जुनीचाँदे गाउँपालिका ४ करोड २६ लाख २१ हजार बेरुजु रहेको छ । शिवालय गाउँपालिकाको ४ करोड ५ लाख ५१ हजार बेरुजु देखिएको छ ।

यस्तै, छेडागाड नगरपालिकामा ३ करोड २३ लाख ४४ हजार, भेरी नगरपालिकामा २ करोड २७ लाख ११ हजार बेजुरु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बारेकोट गाउँपालिकाको रहेको छ । बारेकोटको बेजुरु १ करोड ५१ लाख १४ हजार रहेको छ ।

भेरी नगरपालिका
२ करोड २७ लाख ११ हजार बेरुजु
लेखापरीक्षण गरेको रकम १ अर्व ६२ करोड २७ लाख ४० हजार
( बेरुजु प्रतिशत १.४०)

छेडागाड नगरपालिका
३ करोड २३ लाख ४४ हजार
लेखापरीक्षण गरेको रकम १ अर्व ५७ करोड १० लाख ४३ हजार
(बेरुजु प्रतिशत २.०६)

नलगाड नगरपालिका
८ करोड ६७ लाख २१ हजार
लेखापरीक्षण गरेको रकम १ अर्व २९ करोड ३७ लाख ३ हजार
(बेरुजु प्रतिशत ६.७०)

जुनीचाँदे गाउँपालिका
४ करोड २६ लाख २१ हजार
लेखा परीक्षण गरेको रकम १ अर्व २० करोड ५५ लाख ३९ हजार
(बेरुजु प्रतिशत ३.५४)

कुशे गाउँपालिका
७ करोड ५० लाख ३५ हजार
लेखापरीक्षण गरेको रकम ९१ करोड ५२ लाख २० हजार
(बेरुजु प्रतिशत ८.२०)

बारेकोट गाउँपालिका
१ करोड ५१ लाख १४ हजार
लेखापरीक्षण गरेको रकम १ अर्व ४ करोड ११ लाख ३१ हजार
(बेरुजु प्रतिशत १.४५)

शिवालय गाउँपालिका
४ करोड ५ लाख ५१ हजार
लेखापरीक्षण गरेको रकम ९० करोड ७७ लाख
(बेरुजु प्रतिशत ४.४७)

  • १ श्रावण २०७९, आईतवार प्रकाशित
  • Nabintech