२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार
नुन ल्याउन नेपालगन्ज धाउने जाजरकोटबासीको मुहार फेरीयो
नुन ल्याउन नेपालगन्ज धाउने जाजरकोटबासीको मुहार फेरीयो
  • पदम के सी

जाजरकोट । कुनै समय जाजरकोटमा चाडवार्ड मनाउनका लागि चामलको साटो मकै पिसेर झराको प्रयोग गरीन्थ्यो । गाउँगाउँमा सबैको घरमा धान उत्पादन नहुने भएकोले ठुला चार्ड मनाउन झरा र गहुँको कोक्लोको प्रयोग गरीन्थ्यो । तर अहिले भने जाजरकोटबासीको मुहार फेरीदै गएको बताइन्छ ।

गाउँगाउँमा सडक सञ्जाल पुगेपछि बाहिरबाट आएको सामान सहजै गाउँघरमै पुग्न थालेपछि जाजरकोटबासीको मुहार फेरीदै गएको नलगााड नगरपालिकाका चारका हरी बहादुर रावल बताउछन् ।

उनका अनुसार, नेपालगन्ज पुग्न १५ दिन समय लाग्थ्यो । उनी जस्तै गाउँका सबै मानिसहरुले नेपालगन्जबाट नै नुन चामल बोक्नु पर्ने बाध्यता थियो । जाने र आउने गरी एक महिना लाग्ने भएकोले चामल ल्याउन सम्भव नहुने र चामल ल्याए नुन ल्याउन नसकिने अवस्था थियो ।

नुन सकिएर ल्याउन जाने भएकोले चामल ल्याउन असम्भव हुदाँ मकैको झरा र गहुँको कोक्लो बनाएर बालबच्चाको चिक्त बुझाउनुको विकल्प नभएको नलगाड नगरपालिका पाचँ रगुनाथका ज्ञान बहादुर वलि बताउछन । उनी भन्छन, त्यतिबेला एक सय रुपैयाँ भयो भने नेपालगन्जबाट नुन र घरपरीवारलाई एकसरो कपडा ल्याउन पुग्थ्यो तर अहिले गाउँगाउँमा सामान पाईने भएपनि किनीखान नसकिने अवस्था छ ।

घरबाट हिड्दा खाना पकाउने भाडाकुडा, नुन, तरकारी, पिठो लगाएतका सामान बोकेर बाटोमा आफैले खाना पकाएर खानु पर्ने र रीत्ता घर भेटिए घरमा बस्ने नत्र ओडालमा बसेर नेपालगन्ज पुग्ने र घर फर्किंने गरेको गाउँलेहरु बताउछन ।

रातीमा आकासमुनि बास बस्नु पर्ने भएकोले चोर लाग्ने डर र त्यहाँका स्थानीयले कुटपिट गर्ने त्रास हुने गरेको उनीहरु बताउछन ।

विस्तारै सडक गाउँगाउँसम्म पुगेपछि बाटोमा खानाबस्नका लागि होटेल पनि बिस्तार भएकोले पछिल्लो सहज हुदै गएको चन्द्र बहादुर रावल बताउछन । पहिलेका दिनहरु एका देशका कथा जस्तै लाग्छ , उनले भने हाम्रा पुर्खाले नेपालगन्ज गएर नुन बोकेर जिवन चलाएका थिए । समय सगैँ मानिसको जिवन परीवर्तन हुदै गयो ।

गाउँमा सडक सञ्जाल पुगेसगैँ आयात पनि बढेको छ । आयात बढेको हुदाँ गाउँँमा पुग्ने सामानको मूल्य आकासीदै गएको कतिपय बताउछन ।
गाउँका मानिसहरुले सडक सञ्जालको सुख पाएसगैँ मिहिनेत गर्न छोडेका छन ।

सुन्दर भुगोल प्रयाबरण सगै जाजरकोटबासीको जिवन शैलि लोभलाग्दो छ । मेहेनत गरे हिरा फलाउने भुगोल छ, बाहिरबाट आएकोे सामानमा भर नपरी आफनै उत्पादनलाई बढवा दिई निर्यात गर्न सके पुर्खाले गरेको परीश्रमले पाउने थियो ।

  • ७ असार २०७९, मंगलवार प्रकाशित
  • Nabintech