१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
सरकारी विद्यालयमा समेत शुल्क बुझाउन बाध्य छन् विद्यार्थी, सराेकारवाला माैन
सरकारी विद्यालयमा समेत शुल्क बुझाउन बाध्य छन् विद्यार्थी, सराेकारवाला माैन
  • पदम के सी

जाजरकोट । शिक्षा क्षेत्रलाई सरकारले निशुल्क बनाउने अबधारण ल्याएपनि लागु हुन नसक्दा विद्यार्थि मर्कामा परेका छन । जाजरकोटका विद्यालयले विभिन्न शिर्षकमा विद्यार्थिबाट पैसा उठाउदै आएका छन । एक जना विद्यार्थिबाट भर्ना शुल्क भनेर १५ सय देखि दुई हजार रुपैयाँ सम्म लिने गरेको विद्यार्थिको गुनासो छ । निजि स्रोतमा राखिएका शिक्षकलाई तलव खुवाउनु पर्ने भन्दै विद्यार्थिबाट शुल्क लिएपछि विद्यार्थि मर्कामा परेको बताउछन् ।

जिल्लाको सदरमुकाम खलगाँमा रहेको सबै भन्दा पुरानो त्रिभुवन माद्यामिक विद्यालयले एक जना विद्यार्थिबाट भर्ना सुल्क भन्दै १५ सय देखि दुई हजार रुपैयाँ सम्म लिने गरेको विद्यालयकी छात्रा बिनिता बिकले बताउछिन । उनी भन्छिन, सरकारी विद्यालयले विद्यार्थिबाट भर्ना शुल्क नलिनुपर्ने हाे तर हाम्रो विद्यालयले शुल्क लिदा विपन्न विद्यार्थिहरु मारमा परेका छन ।

जिल्लाभर सबै भन्दा धेरै विद्यार्थि बटुलेको यो विद्यालयले वर्षौ देखि विद्यार्थिबाट विभिन्न बहानामा पैसा उठाउदै आएको छ । दलित र विपन्न, गरीव विद्यार्थिबाट पाचँ सय देखि आठ सय र अन्य विद्यार्थिबाट १५ सय देखि १९ सय रुपैयाँ सम्म असुल्ने गरेको अभिभावक ठगेन्द्र सिहले बताए । उनले भने, विद्यार्थि भर्ना शुल्क लिन नमिल्ने भन्दै पटकपटक आवज उठाउदा पनि विद्यालयले नसुने पछि शुल्क तिर्न बाध्य भयो ।

निशुल्क पठनपाठन हुनु पर्ने सरकारी विद्यालयले वार्षिक शुल्कको नाममा विद्यार्थिबाट चर्को रकम उठाईउदै आएपनि सरोकारबाला निकायले चासो नदिएको अभिभावको गुनासो छ ।यता विद्यालयले भने बर्षेनी पैसा उठाउने गरेको र उक्त रकम निजि स्रोतमा राखिएका शिक्षकलाई तलव खुवाउने गरेको बताएको छ ।

सँस्थागत विद्यालयसगँ प्रतिशपर्दा गर्नुपर्ने भएको हुदा विद्यालयको पठनपाठनको स्तर उन्नतीका लागि पैसा उठाउन बाध्यता भएको विद्यालयको भनाई छ । विद्यालयका प्रधानध्यापक भक्त बहादुर मल्ल भन्छन, विद्यालय पुरानो भएर हुदैन, दरबन्दि अनुसारका शिक्षक व्यावस्थापन गर्न निकै कठिन भएकोले पैसा उठाउनु परेको हो ।

जिल्ला भर माद्यामिक तहका ७६ वटा सरकारी विद्यालय सञ्चालनमा छन जिल्लाका अधिकास विद्यालयले विभिन्न बहानामा विद्यार्थिबाट पैसा असुलि रहेका बताइन्छ । यस तर्फ सरोकारवाला निकायले निगरानी गरी विभिन्न बहानामा विद्यार्थिबाट पैसा असुल्ने विद्यालयलाई कारवाहि गरी विद्यार्थिको शिक्षालाई दिगो र प्रभाबकारी बनाउन जरुरी छ ।

  • ५ असार २०७९, आईतवार प्रकाशित
  • Nabintech