१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
जाजरकाेटमा एमाले सबै पालिकाबाट पाखा लाग्न सक्ने भित्री आँकलन
जाजरकाेटमा एमाले सबै पालिकाबाट पाखा लाग्न सक्ने भित्री आँकलन
  • पवन शर्मा

जाजरकाेट । २०७४ को स्थानीय तहमा नेकपा एमालेले जाजरकोटका ७ स्थानीय तहमध्ये ३ वटामा विजयी भयो । भेरी, छेडागाड र शिवालयमा झिनो मतान्तरले विजयी भएको एमालेलाई आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच जित दोहोर्याउन कठिन देखिन्छ ।

किनकी, त्यतिबेला एमाले एक थियो भने अहिले विभाजनको पीडामा छ । जितेका ठाँउको मात्र होइन, एमालेले जित्ने आँकलन गरिएका बारेकोट र कुशेमा त झन दयनिय अबस्था छ । । यसको मूल कारण हो, ‘एमाले विभाजन हुनु र एमालेबाहेकका ठूला दल गठबन्धन गर्नु ।’

यसले गर्दा, वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेलाई जाजरकोटका ७ वटै स्थानीय तहमा विजयी झण्डा फहराउन सहज छैन । यदी गठबन्धन नभए परिणाम मिश्रित आउन सक्छ एमाले क्लीनस्वीप हुँदैन । आउँदो चुनावबाट सत्ता गठबन्धन दलहरु पनि सबै स्थानीय तह एमालेविहीन बनाउन चाहन्छन् । उनीहरुकै भाषामा भन्दा जाजरकोटमा एमालेलाई ‘क्लीनस्वीप’ गर्न चाहान्छन् ।

के सत्ता गठबन्धन दलहरुको एमालेविहीन स्थानीय तह बनाउने रणनीति सफल हुन्छ त ? एमालेलाई पनि यही प्रश्नले पिरोलेको छ । सत्ता गठबन्धन दल एक ठाउँमा उभिए आफू केही वडा जिते पनि नगर तथा गाउँपालिकाबाट पाखा लाग्न सक्ने एमालेको भित्री आँकलन छ ।

तर, एमाले नेताहरुले मतदाताको मनोबल उच्च राख्न गठबन्धन आए पनि उनीहरुभन्दा आफूले केही स्थानीय तह जित्ने दाबी गर्दै आएका छन् । तर त्यो गठबन्धन भएमा सम्भव देखिन्न ।

२०७४ सालको चुनावी मतलाई जोडेर विश्लेषण गर्दा गठबन्धनसँग एमालेलाई प्रतिस्पर्धा गर्नसमेत हम्मेहम्मे देखिन्छ । २०७४ सालको मतदाता संख्याभन्दा अहिले बढी भए पनि दलहरुको अवस्था उस्ताउस्तै छ । त्यसमा एमाले फुटेको अबस्थामा छ ।

एमालेले अहिलेको अवस्था २०७४ को जस्तो नभएको बताउँदै आएको छ । त्यतिबेला भेरी नगरपालिकामा ४ हजार २ सय ९२ मत एमालेले पाएको थियो भने नेपाली कांग्रेसको ३ हजार ७ सय ८७, नेकपा (माओवादी केन्द्र) को ३ हजार ४ सय ११ मत पाएका थिए । एमालेको फुटको असर सबैभन्दा बढि यही पालिकामा परेको कारण गठबन्धन भारि मतले जित्ने आँकलन गरिएको छ ।

उता छेडागाडमा पनि एमालेले करिब ७ सय मतान्तरले जित्यो । एमालेले ५ हजार १ सय ३६ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसले ४ हजार ३ सय ४७ मत ल्याएको थियो । यहाँ माओवादीले २ हजार ६ सय ६८ मत प्राप्त गरेको थियो । एमाले एक्लै लड्दा गठबन्धनको मत भेटाउन हम्मेहम्मे पर्छ किनभने फुटको असर यहाँ पनि धेरै एमालेलाई परेको छ ।

शिवालय गाउँपालिकामा पनि २०७४ सालमा निर्वाचनमा नेकपा एमालेले विजयी भएको थियो । यहाँ प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेस थियो । विजयी उम्मेदवार एमालेले २ हजार ७३ मत प्राप्त गरेको थियो । उक्त मत कांग्रेसभन्दा २ सय ४० मतले मात्र बढी हो । माओवादी केन्द्रले १ हजार २ सय ५० मत पायो । यहाँ एमालेमा फुटको असर नपरेपनि गठबन्धनको मत बढि देखिन्छ र सजिलै गठबन्धनले जित्ने आँकलन गर्न सकिन्छ ।

त्यसैगरि अन्य पालिकाहरु नलगाड, बारेकोट, कुशे र जुनिचाँदेमा झन एमालेलाई एक्लाएक्लै चुनाव लड्दा कठिन छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा एमालेलाई चुनाव जित्न फलामको चिउरा चपाएजस्तै हुने देखिन्छ । एक्लाएक्लै चुनावी मैदानमा जाँदा एमालेलाई चुनावमा केही सहज भए पनि गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्न सकस देखिन्छ ।

जाजरकोटका ७ वटा स्थानीय तहमध्ये ३ वटा नेकपा एमालेले भेरी, छेडागाड र शिवालय, नेपाली कांग्रेसले बारेकोट र कुशे र माओवादीले नलगाड र जुनिचाँदे जितेका थिए ।

आउँदो स्थानीय तहको चुनावमा एमाले निराश देखिन्छ । बाहिरी रुप हसिलो भए पनि भित्री मनमा गठबन्धन भत्काउन एमाले लागिपरेको छ ।

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech