६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
१५ वर्षपछि शिल्पालाई सफाइ
१५ वर्षपछि शिल्पालाई सफाइ
  • एजेन्सी

एजेन्सी । हलिउड अभिनेता रिचर्ड गेरेले सार्वजनिक स्थानमा चुम्बन गरेको मुद्दाबाट अभिनेत्री शिल्पा शेट्टीलाई राहत मिलेको छ । गेरेले चुम्बन गरेपछि शिल्पामाथि सार्वजनिक स्थानमा अश्लिलता फैलाएको आरोप लागेको थियो । वर्षौँपछि यो आरोपबाट अदालतले शिल्पालाई सफाइ दिएको हो ।
अदालतले गत जनवरी १८ मा शिल्पालाई यो मुद्दामा सफाइ दिएको हो । सफाइको बिषयमा अदालतले सोमबार विस्तृत आदेश समेत जारी गरेको थियो ।
सन् २००७ मा राजस्थानमा भएको घटनापछि अश्लिलता फैलाएको आरोपमा शिल्पा बिरुद्ध राजस्थानमा दुई र गाजियाबादमा एउटा मुद्दा दर्ता भएको थियो । यसपछि शिल्पाले मुद्दालाई मुम्बईमा ट्रान्सफर गर्न याचिका दायर गरिन् । उनको याचिका सर्वोच्च अदालतले २०१७ मा स्वीकृत गरेको थियो ।

के थियो घटना ?
रिचर्ड गेरेले २००७ को एक एड्स सचेतना कार्यक्रममा शिल्पा शेट्टीलाई बारम्बार चुम्बन गरेका थिए । कार्यक्रममा त्यो घटनाले विवाद निम्त्याएको थियो । यस बिषयमा अप्रिल २००७ मा राजस्थानको एक अदालतले शेट्टी र गेरेको गिरफ्तारीको लागि वारेन्ट समेत जारी गरेको थियो ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech