४ चैत्र २०८१, मंगलवार
४ चैत्र २०८१, मंगलवार
बाँकेको नेपालगञ्जबाट १२ जना जुवाडे पक्राउ
बाँकेको नेपालगञ्जबाट १२ जना जुवाडे पक्राउ
  • न्युज डेस्क

१३ कात्तिक बाँके । बाँकेको नेपालगञ्ज बाट१२ जना जुवाडे पक्राउ परेका छन । बाँकेको उपमहानगरपालिका–४, बसपार्कस्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ गरिएको जिल्ला प्र्हरी कार्यालय बाँकेले जनाएको छ ।

दैलेखको आठबीस नगरपालिका–८ बस्ने २८ वर्षीय मानबहादुर सिजापतीको हाम्रो कर्णाली होटेलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार १४० नेपाली रूपैयाँ, आठ हजार ६ सय भारतीय रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

 

  • १३ कार्तिक २०८१, मंगलवार प्रकाशित
  • Nabintech