११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
पूर्वसहायक मन्त्री शाहको ९१ बर्षको उमेरमा निधन
पूर्वसहायक मन्त्री शाहको ९१ बर्षको उमेरमा निधन
  • paschimpatra

जाजरकाेट । पूर्वआपूर्ती सहायक मन्त्री तेज विक्रम शाहको शनिबार निधन भएको छ ।
नेपालगञ्ज उपचार गराई रहेका ९१ बर्षिय पूर्वसहायकमन्त्री शाहको निधन भएको हो । पूर्वसाँसद गोविन्द विक्रम शाहका पुजनीय वुवा पूर्वसहायकमन्त्री शाहको दाँहसंस्कार जाजरकोटको शिवालयमा हुने भएको छ । दाँहसंस्कारको लागि पूर्व सहायकमन्त्री शाहको लास आज रातिनै जाजरकोटको खलंगा पुर्याईएको छ ।
उनको पारिवारीक श्रोतले दिएको जानकारी अनुसार पूर्वसहायमन्त्री शाहको निवासमै श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ । श्रद्धान्जली कार्यक्रम पश्चात राष्ट्रिय झण्डा ओढाएर दाँहसंस्कारको लागि शिवालय लैजाने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्नको लागि झण्डै १०–११ बज्ने बताउदै कार्यक्रममा सबैको सहभागीताको लागि पूर्वसहायकमन्त्री शाहका परिवार र आफन्तजनले अपिल गरेका छन् । मन्त्री शाह २०४५–०४६ सालको तत्कालिन आपूर्ती सहायक मन्त्री बनेका थिए । जाजरकोटको राजनितिक इतिहासमा शाह एउटा चम्किलो ताराका रुपमा परिचित थिए ।
  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित
  • Nabintech