१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
यु-१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया तेस्रो
यु-१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया तेस्रो
  • एजेन्सी

काठमाडौं । अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया वेष्टइन्डिजमा जारी यु १९ विश्वकपमा तेस्रो स्थान हाँशिल गरेको छ।

अफगानिस्तानले दिएको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले अन्तिम ५ बल बाँकी छँदा आठ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि निवेथान राधाकृष्णन र क्याम्पबेल केल्लावेले अर्धशतकीय पारी खेलेका थिए। राधाकृष्णनले ९६ बलमा सात चौकासहित ६६ रन बनाउँदा ८२ बल खेलेका केल्लावेले तीन चौका र १ छक्कासहित ५१ रन जोडेका थिए। कोरी मिलर, टिग वाइली र लचलान शाले समान १३-१३ रनको योगदान दिएका थिए।

अफगानिस्तानका लागि नङ्गेलिया खरोटेले तीन तथा फैसल खान अहमदजाई र शाहिदउल्लाह हसानीले दुई(दुई विकेट हात लिए।

यसअघि कुलिज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन बनाएको थियो। उसका लागि इजाज अहमद अहमदजाईले सर्वाधिक ८१ रन बनाए। ७९ बल खेलेका उनले समान पाँच चौका र ५ छक्का प्रहार गरे। कप्तान सुलिमन सफीले ३७, मोहम्मद इस्हकले ३४ र नुर अहमदले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अस्ट्रेलियाका लागि निवेथान राधाकृष्णन र विलियम साल्जम्यानले तीन(तीन तथा कुपर कोनोलीले दुई विकेट हात पारे।

सेमिफाइनलमा अस्ट्रेलिया भारत तथा अफगानिस्तान इंग्ल्यान्डसँग पराजित भएको थियो।

  • २२ माघ २०७८, शनिबार प्रकाशित
  • Nabintech