४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
श्रमजीवी पत्रकार संगठन जाजरकोटमा गठन, संयोजकमा सरोज वली
श्रमजीवी पत्रकार संगठन जाजरकोटमा गठन, संयोजकमा सरोज वली
  • paschimpatra

जाजरकाेट । जाजरकोटमा श्रमजीवी पत्रकार संगठन गठन गरिएको छ ।

सोमबार जिल्लामा कृयाशिल पत्रकारहरुको भेलाले सरोज वलीको संयाेजकत्वमा ११ सदस्सीय जिल्ला कमिटी गठन गरेको हो । जसको सदस्य सचिवमा कालीबहादुर नेपाली मनोनित भएका छन् । सदस्यहरुमा भरत शर्मा, पवन शर्मा, प्रेम विश्वकर्मा, मालबहादुर सिंह, शारदा पुन मगर, प्रकाश रोकाय, भीमबहादुर खड्का सदस्यहरु बनेका छन् ।

संगठनको सल्लाहकारमा दीपबहादुर घर्ती, हेमन्त केसी, सुरेन्द्र सिंह र रामकुमार शाही बनेका छन् । जिल्लाको विकास निर्माणका गतिविधीहरुलाई प्रमुख एजेण्डा बनाएर संगठनको गठन गरिएको संयोजक सरोज वलीले बताए ।

यहाँ धेरै विकास निर्माणको गतिविधी अलपत्र छन्, पर्यटनको राम्रो सम्भावना छ’ उनले भने, यिनीहरुको प्रचार गर्नु हाम्रो दायित्व हुनेछ ।’ समृद्ध जाजरकोट निर्माणमा हातेमालो हुने उनले बताए ।

  • १ श्रावण २०८०, सोमबार प्रकाशित
  • Nabintech