७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
पाइला परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न
पाइला परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न
  • paschimpatra

जाजरकाेट । सहयोगी हातहरुको समूह (सहास) नेपाल पाइला परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रम शिवालयमा सम्पन्न भएको छ ।

गाउँपालिका जनप्रतिनिधी र बिषयगत शाखा प्रमुखहरुको सहभागीतामा कार्यक्षेत्रमा संयुक्त अनुगमन गरिनुका साथै जनप्रतिनिधी , बिषयगत शाखा प्रमुख , राजनीतिक दल , कृषक समूहका प्रतिनिधी र किशोरी संबादका प्रतिनिधहरुको बिचमा सामाजिक लेखापरिक्षण गरिएको हो ।

शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र ब्यक्ति सामाजिक लेखा परिक्षक प्रसिद्ध न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।

किशोरी संबाद कक्षाको कार्यक्रम बाट किशोरीहरुमा बालबिबाह न्युन गर्न साथै उनिहरु मार्फत घरपरिवार र समुदायमा बिभिन्न सचेतनाका कार्यक्रम भएको सहभागी किशोरी र एनिमेटरहरुले बताएका थिए ।

यस्तै समुदायमा आबश्यकता अनुसारको कार्य भएकोले आगामी दिनमा पनि संगै मिलेर साझेदारीमा कार्यक्रम गर्न सकिने बारेमा वडाध्यक्षहरुले बताउनुभएको छ ।

संबाद कार्यक्रम निकै प्रभावकारी रहेको र आँफुलाई मन छोएको कुरा गाउँपालिका उपाध्यक्ष गिताशाहीले बताउनुभएको छ ।

शिवालय गाउँपालिका सरकार संगै रहेर समुदायले चाहेको कार्यक्रम पाइला परियोजनाले गरिरहेको र आगामी दिनमा संगै मिलेर धेरै काम गर्न सकिने गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले बताउनु भएको छ ।

कार्यक्रममा आफ्नो परियोजनाको प्रगति प्रस्तुत गर्दै आगामी दिनमा पनि समुदाय र स्थानिय सरकार संग संगै मिलेर कार्यक्रम गर्ने बारेमा परियोजनाका अधिकृत हरि प्रसाद अधिकारीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

सहास नेपालले सन् २०२२ देखि शिवालयमा जलवायु परिवर्तन, विपद ब्यवस्थापन र कृषि खाद्य सुरक्षाका बिषयमा समूह मार्फत कार्यक्रम गर्दै आईरहेको छ ।

समुदाय र जनप्रतिनिधीको क्षमता विकासका साथै बिभिन्न जलवायु उत्थानशिल प्रबिधिको सहयोगका कार्यक्रम यस परियोजना मार्फत हुँदै आएको कुरा परियोजना संयोजक मनिक्षा आचार्यले कार्यक्रममा बताउनु भएको थियो ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित
  • Nabintech