१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
सन्दीप लामिछाने लिग–२ खेल्न यूएई प्रस्थान
सन्दीप लामिछाने लिग–२ खेल्न यूएई प्रस्थान
  • paschimpatra

काठमाण्डौ । सन्दीप लामिछाने आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्न यूएई प्रस्थान गरेका छन् । सन्दीप नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा दिउँसो ३ बजेको उडानबाट यूएई गएका हुन् ।

सन्दीपले टिममा रहेका अर्का स्पिनर मौसम ढकालको ठाउँ लिने क्यानले जनाएको छ । हिजो मङ्गलवार अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको क्यानले बताएको छ । सन्दीप भोलि बिहीवार यूएईसँग हुने खेल खेल्न पाउने सम्भावना छ ।

आईसीसीले सन्दीपलाई टिममा समावेश गर्न अनुमति दिएपछि उनी यूएई गएका हुन् ।

  • १७ फाल्गुन २०७९, बुधबार प्रकाशित
  • Nabintech