१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको २६ औं साधारण सभा सम्पन्न
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको २६ औं साधारण सभा सम्पन्न
  • paschimpatra

जाजरकाेट । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको २६ औं साधारण सभा आईतबार सम्पन्न भएको छ । संस्था स्थापना दवसको अबसरमा जिल्ला सदरमुकाम खलंगामा २६ औं साधारण सभा सम्पन्न भएको हो ।

बार्षिक रुपमा नियमित साधारण सभा सम्पन्न गर्दै आएको पाँचतारा युवा संरक्षक मन्च, जाजरकोटले पूर्वाधार निर्माण, आर्थिक विकास तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी बाल कल्याणका क्षेत्र विभिन्न कार्यक्रम संचालन गर्दै आएको पाँचतारा युवा संरक्षक मञ्चले जाजरकोट जिल्लाको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको २६ औं साधारण सभाका प्रमुख अतिथि तथा प्रतिनिधि सभाका सदस्य शक्ति बहादुर बस्नेतले भनाई राखेका थिए । जिल्लाको विकास र समृद्धिका लागि पाँचतारा यवा संरक्षक मञ्चसंग सहकार्य गरेर अगाडी बढ्ने बस्नेतको भनाई रहेको थियो ।

बालबालिकाहरुको शिक्षा, जिविकोपार्जन र बाल अधिकार शासनका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउदै राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले पाँचतारा युवा संरक्षक मन्चलाई हार्दिक बधाई तथा धन्यवाद दिएका थिए । जिल्लाको विकासमा दातृ निकायको महत्वपूर्ण भुमिका रहेको बताउदै प्रदेश सभा सदस्य बेदराज संहले पाँचतारा युवा संरक्षक मञ्चसंगको सहकार्य र समन्वयलाई निरन्तरता दिने भनाई राखेका थिए । पाँचतारा युवा संरक्षक मञ्च कुनै पार्टी विशेषको संस्था नभएर सबैको साँझा संस्थाको रुपमा आफुलाई प्रस्तुत गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले भनाई राखेका थिए ।

उक्त २६ औं साधारण सभाले संस्थाले बार्षिक रुपमा संचालन गरेका कार्यक्रमहरुको पुनरमुल्याङ्कण गर्नुको साथै आगामी बर्षको बार्षिक नीति तथा कार्यक्रम पास गरेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवी पन्तले जानकारी दिए । उक्त साधारण सभाले संस्थामा उत्कृष्ट काम गर्ने कर्मचारी, कार्यसमितिका सदस्यलाई सम्मान गरेको छ भने, केही पत्रकारलाई प्रसंशा पत्र हस्तान्तरण गरेको थियो ।

  • १२ मंसिर २०७९, सोमबार प्रकाशित
  • Nabintech