२८ माघ २०८२, मंगलवार
२८ माघ २०८२, मंगलवार
नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिममा
नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिममा
  • न्युज डेस्क

२६ माघ कैलाली । नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणअनुसार सुदूरपश्चिममा प्रति हजार जीवित जन्ममा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ । सबैभन्दा कम नवजात शिशु मृत्युदर बागमती प्रदेशमा रहेको छ, जहाँ प्रति हजार जन्ममा १० जनाको मृत्यु हुने गरेको छ ।

शिशु मृत्युदर ९एक वर्षमुनिका० पनि सुदूरपश्चिम प्रदेशमै उच्च देखिएको छ । तथ्याङ्क अनुसार सुदूरपश्चिममा प्रति हजार जन्ममा ३८ जना शिशुको मृत्यु हुन्छ भने बागमती प्रदेशमा यो दर सबैभन्दा कम १७ रहेको छ । त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिममै सबैभन्दा बढी छ । सुदूरपश्चिममा प्रति हजार जन्ममा ४८ जना बालबालिकाको मृत्यु हुँदा सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना मात्र रहेको सर्वेक्षणले देखाएको छ ।

  • २७ माघ २०८२, सोमबार प्रकाशित
  • Nabintech