
१३ पुस काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपममा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
एपीएफले आइतबार च्याम्पियनसिपअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा सम्पन्न खेलमा सुदूरपश्चिम खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।जितसँगै एपीएफले प्रतियोगितामा ६ अंक जोडेको छ ।