१ आश्विन २०८२, बुधबार
१ आश्विन २०८२, बुधबार
एसिया कप : बंगलादेश ८ रनले विजयी
एसिया कप : बंगलादेश ८ रनले विजयी
  • न्युज डेस्क

१ असोज काठमान्डौं । एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको छ।मंगलबार राति यूएईमा टस जितेर बंगलादेशले सुरुमा ब्याटिङ गरेको थियो। सुरुमा ब्याटिङ गरेको बंगलादेशले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १५४ रन बनाएको थियो।

१५५ रनको चुनौती पछ्याएको अफगानिस्तानले पूरै २० ओभर खेल्दै सबै विकेट गुमाएर १४६ रन मात्र बनाएको हो।यो जितसँगै बंगलादेशले चार अंक जोडेको छ भने अफगानिस्तान दुई अंकसहित तेस्रो स्थानमा झरेको छ। दोस्रो चरण प्रवेशका लागि अफगानिस्तानले अर्को खेलमा श्रीलंकामाथि जित निकाल्नुपर्ने दबाब छ।

  • १ आश्विन २०८२, बुधबार प्रकाशित
  • Nabintech