१९ असार २०८२, बिहीबार
१९ असार २०८२, बिहीबार
सुर्खेतमा मुद्धा मिलाइदिन्छु भन्दै रकम असुल्ने २ जना पक्राउ
सुर्खेतमा मुद्धा मिलाइदिन्छु भन्दै रकम असुल्ने २ जना पक्राउ
  • न्युज डेस्क

१९ असार सुर्ख़ेत ।मुद्धा मिलाइदिने भन्दै सुर्खेतमा रकम असुलेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ भन्दै रकम असुली गरेको अपराधिक लाभ कसुरमा दुई जना पक्राउ परेको सुर्खेत प्रहरीले जनाएको छ ।

अभद्र व्यवहारको कसुरमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका प्रतिवादीलाई हिरासतमुक्त गराउन मुद्दा मिलाई दिन्छु भनि आरोपित व्यक्तिको परिवारबाट रु ५० हजार असुली गर्ने गेरुवा गाउँपालिका–३ शान्ति बजार बर्दियाका ४३ वर्षीय कृष्णबहादुर थारु र वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत ईन्द्रपुरकी ३४ वर्षीय मुना चन्दलाई प्रहरीले पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनु भयो ।

  • १९ असार २०८२, बिहीबार प्रकाशित
  • Nabintech