२६ जेष्ठ २०८२, आईतवार
२६ जेष्ठ २०८२, आईतवार
करिब ९ महिनाको अवधिमा जापानिज इन्सेफ्लाइटिस बाट १४ जनाको मृत्यु
करिब ९ महिनाको अवधिमा जापानिज इन्सेफ्लाइटिस बाट १४ जनाको मृत्यु
  • न्युज डेस्क

२९ भदौ काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट सन् २०२४ को जनवरीदेखि हालसम्म १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसबाट हालसम्म १४ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।डा गौतमका अनुसार, हालसम्म ६१ जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । ती सबैको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।

भदौ १५ देखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरे ।सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिन्छ । तर, जापानिज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको क्युलेक्स लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्ने भएकाले असोज १५ गतेसम्म जोखिम नै रहेको डा गौतमको भनाइ छ ।

 

  • २९ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech