२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सर्पको टोकाई बाट बर्दियामा २ बालबालिकाको मृत्यु १ घाइते
सर्पको टोकाई बाट बर्दियामा २ बालबालिकाको मृत्यु १ घाइते
  • न्युज डेस्क

दीपक शर्मा
२४ साउन बर्दिया । बर्दियामा सर्पको टोकाईबाट २ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन । बर्दियाको गुलरिया नगरपालिका १ निवासी विष्णु चौधरीका ९ महिनाको छोरा मायरा चौधरीलाई विहिवार विहान ४ वजेतिर आमासंग सुतिरहेको बेला पहिचान नखुलेको सर्पको टोकाइबाट गम्भिर घाइते भई उपचारको क्रममा विहान ७ वजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुल्सिराम अर्यालले जानकारी दिनु भयो ।

साथै सोहि स्थानका मदन चौधरी छोरी ११ वर्षिय सोनिमा चौधरी आफनै घरमा सुतिरहेको बेला विहिवार विहान घरमै ८ वजेतिर सर्पले टोेकेको थियो जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा विहान करिब ९ वजेतिर मृत्यु भएको उहाले बताउनु भयो । यसै गरी मधुवन नगरपालिका २ ओराली बजार घर भै हाल गुलरिया नगरपालिका १ गाउ न १५ मामाको घरमा वस्दै आएकी ६ वर्षिया रिया चौधरीलाई सर्पले टोकेका कारण गम्भिर घाइते हुँदा थप उपचारको लागी नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech