२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बागलुङमा पहिरो, आठ जनाको निधन
बागलुङमा पहिरो, आठ जनाको निधन
  • न्युज डेस्क

२२ साउन बागलुङ । बागलुङमा पहिरोमा परेर आठ जनाको निधन भएको छ । लगातारको वर्षापछि गएको पहिरोले बडिगाड गाउँपालिका–९ र १० मा आठ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले जानकारी दिनु भयो ।
उहाका अनुसार वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको छ । त्यस्तै, वडा नम्बर १० मा सात वर्षकी मालती र मधु बुढा, सन्जु विकको छ महिने छोरी, १३ वर्षीय मनोज बुढा, १३ वर्षीय अमन बुढा र ५९ वर्षीया मैतीदेवी विकको पहिरोमा परेर निधन भएको छ । अन्य घाइतेको उपचार चलिरहेको छ ।

  • २२ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech