२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
दाउरा निकाल्ने क्रममा श्रीमती वेपत्ता , श्रीमानको उद्धार
दाउरा निकाल्ने क्रममा श्रीमती वेपत्ता , श्रीमानको उद्धार
  • न्युज डेस्क

१६ साउन बर्दिया । बर्दियामा एक दम्पतीले खोलाबाट दाउरा निकाल्ने क्रममा श्रीमती वेपत्ता भएकी छिन भने उनका श्रीमान गम्भिर घाइते भएका छन ।

श्रीमान् र श्रीमती आज दिउसो दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको हो भने श्रीमान‍्को घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाबाट खटिएका १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले श्रीमान् जागु थारुलाई घाइते अवस्थामा उद्धार गरेको जनाएको छ । उनकी श्रीमती पार्वती थारुलाई खोलाले बगाई बेपत्ता बनाएको प्रहरीको भनाई छ । लगातारको वर्षा पछि बर्दियाका बबई नदी , ओराही खोला तथा बाँके संग सीमा जोडिएको मानखोलामा दाउरा टिप्ने मानिसको भिड लाग्ने गर्दछ ।

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech