१५ साउन पाकिस्तान । उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरू बीचको भूमि विवादको द्वन्द्वमा कम्तीमा ४२ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन ।
पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने उनीहरूले बताएका छन् ।
स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्द्वमा ४२ जनाको मृत्यु हुनुका साथै १८३ जना घाइते भएका छन् । पाकिस्तानको मानवअधिकार आयोगले द्वन्द्वले सर्वसाधारणमा क्षति भएको साथै आवागमन अवरुद्ध भएको जनाएको छ ।पाकिस्तानमा लामो समयदेखि सुन्नी र सिया समुदायबीच गहिरो असमानजस्ता कायम रहेको छ ।