१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार
कर्णालीको स्वास्थ्य सेवालाई सुलभ बनाउने मन्त्री सिंहको प्रतिबद्धता
कर्णालीको स्वास्थ्य सेवालाई सुलभ बनाउने मन्त्री सिंहको प्रतिबद्धता
  • paschimpatra

सुर्खेत । कर्णालीमा स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहल प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसुलभ तरिकाले कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसेको बताउदै मन्त्री सिंहले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हिमोफिलिया सोसाइटी नेपालले गरेको सरकारी निकायका प्रतिनिधि एवं स्वास्थ्यकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले प्रदेश सरकारले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको बताएका थिए । हिमोफिलियाका बारेमा आफूले हालै मात्र विस्तृत अध्ययन गर्ने मौका पाएको भन्दै मन्त्री सिंहले हिमोफिलियाका बिरामीले उपचारमा पाइरहेको सास्ती, यसको अफ्ट्यारो, उपचार अभाव लगायतका विषयमा आफू चिन्तित रहेको भनाई राखेका थिए । मन्त्री सिंहले हिमोफिलियाका बिरामीको उपचारमा सहज हुनेगरी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हिमोफिलियाका बिरामी कर्णाली प्रदेशमा पनि फेला परेको र विरामीले उपचार सेवा प्रभावकारी रूपमा नपाएको र कतिपय बिरामी उपचारका लागि सम्पर्कमा नपुगेको सुन्दा दुःख लाग्यो, मन्त्री सिंहले भन्नुभयो, “म प्रदेश सरकारको मन्त्री हुनुका नाताले त्यस्ता बिरामीको उपचारका लागि प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने प्रयत्न गर्नेछु । थोरै भएपनि तपाईंहरूको विषय सम्बोधन हुनेछ ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशमा हिमोफिलियाका १७४ जना बिरामी रहेका छन् । त्यसमध्ये ३४ जनाले नियमित उपचार सेवा लिइरहेका छन् । पछिल्लो जनगणनामा देशभर ४ हजार ९३७ जना हिमोफिलियाका बिरामी पहिचान भएका हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेले जानकारी दिए । हिमोफिलिया सामन्यता वंशाणुगत संक्रमण रहेको उनले बताए ।

कतिपय अवस्थामा अन्य कारणले पनि हुने उनको भनाइ छ । यो संक्रमण पुरुषबाट नभई महिलाबाट सर्ने भएकाले महिलाहरूले विभेद भोग्नु परेको छ । सामाजिक विकृतिका रूपमा लिने गरिएको दुःखद् अवस्था छ, अध्यक्ष घिमिरेले भने, अहिले पनि समाजबाट तिरस्कृत हुनुपरेको छ । औषधि उपचार नपाएर बर्सेनि ३÷४ जनाको ज्यान जाने गरेको छ ।

विरामी आफैंले उपचार गर्नसक्ने अवस्था छैन । हिमोफिलिया सोसाइटीसँग सीमित स्रोत छ । अब उपचारको सम्पूर्ण जिम्मा सरकारले नै लिनुपर्छ । कर्णाली प्रदेशमा विशेष पहल गरिदिनुहोला, अध्यक्ष घिमिरेले मन्त्री सिंहसंग आग्रह गरे । उनले कर्णाली प्रदेश अस्पतालमा परीक्षण मेसिन आइसकेको तर रिएजेन्ट नगरेकाले सञ्चालनमा आउन नसकेको बताए ।

हाल वीर अस्पताल र कान्ति बाल अस्पतालमा यसको परीक्षण हुने गरेको छ । कार्यक्रममा वीर अस्पतालका डा। निरज कुमार सिंहले पहिचान र उपचारको अभावमा नेपालमा हिमोफिलिया देखिएका ९९ प्रतिशत व्यक्तिमा अपाङ्गता हुने समस्या देखिएको बताए । हिमोफिलिया न्यूनीकरणका लागि लगाइने खोपको प्रतिडोज १२ हजार ५०० मुल्य पर्ने र हप्तामा कम्तिमा पनि चार डोज दिनुपर्ने डा। सिंहले बताए । डा। सिंहले हिमोफिलियाको आधारभूत सेवा प्रदेशबाटै प्रदान गर्नुपर्नेमा जोड दिए । शरीरको जुनसुकै भागबाट रगत अनियन्त्रित हुनु र रगत जमाउने तत्वमा कमि हुनु नै हिमोफिलिया रहेको डा.सिंहले बताए । अहिलेसम्म हिमोफिलियाको स्थायी उपचार पत्ता लाग्न नसकेको उनले बताएका थिए ।

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित
  • Nabintech