८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
जाजरकाेटमा बालबालिकालाई फाइजर खोप दिईदैं
जाजरकाेटमा बालबालिकालाई फाइजर खोप दिईदैं
  • paschimpatra

जाजरकोट । जाजरकाेटका ३३ हजार भन्दा बढी बालबालिकालाई फाइजर बायोएनटेक खोप दिईने भएको छ ।

५ वर्ष देखि ११ बर्ष उमेर समुहका ३३ हजार ४ सय १८ बालबालिकालाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप दिईने भएको हो । नलगाड नगरपालिका भित्रका ५ हजार ८४ दशमलव आठ प्रतिशत बालबालिकालाई खोप लगाइने भएको छ ।

छेडागाड नगरपालिकाका ७ हजार ५८ दशमलव १ प्रतिशत, भेरी नगरपालिका ५ हजार ९ सय ९ दशमलव चार, बारेकोट गाउँपालिका ३ हजार ७ सय ९३ दशमलव तीन, कुशे गाउँपालिका ४ हजार २ सय ८४ दशमलव सात, शिवालय गाउँपालिका २ हजार ६ सय ४८ दशमलव आठ, जुनीचाँदे गाउँपालिका ४ हजार ६ सय ३८ दशमलव ९ बालबालिकालाई कोरोना विरुद्धको खोप लगाईने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप सुपरभाइजर शान्तराज बुढाथोकीले जानकारी दिए ।

जिल्लाका विभिन्न विद्यालयमा खोप अभियान संचालन हुने स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । केही विद्यालय वाहेक जिल्लाका अधिकांश विद्यालयहरुमा खोप कार्यक्रम संचालन हुने उनले बताए ।

उनका अनुसार जिल्लामा अवको केही दिनमा खोपको पहिलो मात्रा लगाउन सुरु हुने र पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउन सुरु हुने छ ।

पहिलो पटक ५–११ वर्ष उमेरका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप लगाउन लागिएको हो । यो खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ । खोपका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका संग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

जिल्लाका सात वटै स्थानीय तहमा एकैपटक खोप कार्यक्रम संचालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यसअघि नेपालका २७ वटा जिल्लामा ५–११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाईएको थियो । अहिले बाँकी ५० वटा जिल्लामा खोप अभियान संचालन हुने लागेको हो ।

भदौं १५ भित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
आगामी भदौं १५ गते भित्र जाजरकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय भएको छ । आइतबार बसेको जिल्ला खोप समन्वय समितिको वैठकले भदौं १५ भित्र जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।

भेरी नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भईसकेको र अन्य नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका १६ देखि २३ महिना भित्रका शतप्रतिशत बालबालिकाले सबै खोप पूरा गरिसकेको र घोषणा हुन मात्रै बाँकी रहेकोले अव छिट्टै घोषणा हुने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप सुपरभाइजर शान्तराज बुढाथोकीले जानकारी दिए ।

उनले भने, ‘तीन वटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा भईसकेका छन्, अव चार वटा हुन बाँकी छ भाद्र १५ भित्र जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्र्ने तयारीमा छौं ।’

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech