११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
चुनाव घोषणासँगै मतदाता नामावली संकलन स्थगित
चुनाव घोषणासँगै मतदाता नामावली संकलन स्थगित
  • paschimpatra

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा गर्ने निर्णय गरेको छ । लगतै पत्रकार सम्मेलन गरेको निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरिएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार अनलाइन फारम गरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने साउन २१ गतेसम्म समय दिइनेछ ।

३० वैशाखमा भएको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । पछिल्लो पटक आयोगले १ असारदेखि फेरि मतदाता नामावली संकलन गरेको थियो । यो अवधिमा झण्डै ५ लाख मतदाता थपिएको आयोगको आंकलन छ ।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित
  • Nabintech