१९ कार्तिक २०८३, बुधबार
१९ कार्तिक २०८३, बुधबार
बाँकेको खजुराबाट १२ जना जुवाडे पक्राउ
बाँकेको खजुराबाट १२ जना जुवाडे पक्राउ
  • न्युज डेस्क

२७ असोज,बाँके । बाँकेको खजुराबाट १२ जना जुवाडे पक्राउ परेका छन ।बाँकेको खजुरा गाउँपालिका–७ सोनवर्षाबाट जुवातास खेलिरहेको अवस्थामा ति १२ जना लाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी प्रतित सिंह राठौरका अनुसार सोनवर्षास्थित विष्णु वर्माको खाली घरको छतमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।प्रहरीले जुवा खालबाट नगद ५७ हजार ४७० रुपैयाँ, खोलिएको तासको एक गड्डी र नखोलिएको तासको एक गड्डीसमेत बरामद गरेको जनाएको छ।

  • २७ आश्विन २०८३, मंगलवार प्रकाशित
  • Nabintech