३ असार २०८१, आईतवार
३ असार २०८१, आईतवार
थप ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
थप ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
  • paschimpatra

काठमाडौं । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ । जसमध्‍ये ३ हजार ७९४ जना होम आइसोलेसनमा रहेका छन् भने १३५ जना संस्थागत आइसोलेसन र ३२ जना आईसीयूमा छन् ।

यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ८८४ पुगेको छ ।

  • ११ श्रावण २०७९, बुधबार प्रकाशित
  • Nabintech