१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
मदिरा निषेधित गर्ने कुशेकाे निर्णय
मदिरा निषेधित गर्ने कुशेकाे निर्णय
  • न्युज डेस्क

जाजरकोट । मदिराको व्यापक विक्री वितरण र सेवनले जिल्लामा कलह झगडा साथै महिला हिंसाको घटना वृद्धि भई रहेका बेला कुशे गाउँ सभाको वैठकले मदिरा निषेध गर्ने र्निणय गरेका छ।

 मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा सेवन गरी सभा–समारोहमा होहल्ला गर्ने र विभिन्न किसिमका घटना भएर समाज बिग्रेको हुदाँ समाज सुधारका लागि यस्तो र्निणय गरेको प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।

उनका अनुसार अब गाउँपालिका भित्र बाहिर बाट आउने मदिरा आयात र घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गर्न नपाईने निर्णय गरिएको छ । यस्ता कार्यहरु नगर्न सम्पूर्ण उद्यमी, व्यवसायीहरुलाई सूचना मार्फत जानकारी गराईएको छ ।

  • ३ श्रावण २०७९, मंगलवार प्रकाशित
  • Nabintech