२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
सुर्खेतबाट सातजना जुवाडे पक्राउ
सुर्खेतबाट सातजना जुवाडे पक्राउ
  • न्युज डेस्क

४ असोज सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई नगदसहित पक्राउ गरेको छ ।वीरेन्द्रनगर नगरपालिका–११, पिपिरास्थित उमापती गौतमको घरको कोठामा जुवातास खेलिरहेको सूचना पाएपछि आइतबार दिउँसो प्रहरी टोली पुगेको थियो ।प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ९७ हजार २२० र १८ बुक तास बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सातै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी हवल्दार मीनबहादुर रावत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमाण्डमा खटिएको संयुक्त टोलीले जुवातास खेलिरहेका सातजनालाई नियन्त्रणमा लिएको हो ।

  • ४ आश्विन २०८३, आईतवार प्रकाशित
  • Nabintech