१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
परेराद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
परेराद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
  • एजेन्सी

एजेन्सी । श्रीलंकाका अलराउण्डर दिलरूवान परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

३९ वर्षिय परेराले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। यद्यपी उनी घरेलु क्रिकेट भने खेल्नेछन्।

श्रीलंकाका लागि परेराले ४३ टेस्ट, १३ एकदिवसीय र ३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्।

सन् २००७ मा इङ्ल्याण्डविरूद्ध घरेलु मैदानमा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका उनले अन्तिम एक दिवसीय सन् २०१८ मा श्रीलंकाविरूद्ध खेलेका थिए। उनले १३ एकदिवसीयमा १५२ रन र १३ विकेट लिएका थिए।

यस्तै सन् २०११ मा अष्ट्रेलियाविरूद्ध टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका उनले अन्तिम टी-२० अन्तर्राष्ट्रिय सन् २०११ मै पाकिस्तानविरूद्ध खेलेका थिए।

मात्र ३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका उनले १ रन बनाउनुका साथै ३ विकेट लिएका थिए।

यस्तै सन् २०१४ मा पाकिस्तानविरूद्धको सिरिजबाट टेस्ट क्रिकेटमा डेब्यू गरेका उनले ४३ टेस्ट खेल्दै १३०३ रन र १६१ विकेट लिएका थिए।

उनले अन्तिम टेष्ट सन् २०२१ मा इङ्ल्याण्डविरूद्ध खेलेका थिए।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech