२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
बर्दियामा ५५ जनाको डिएनए नुमना सङ्कलन
बर्दियामा ५५ जनाको डिएनए नुमना सङ्कलन
  • न्युज डेस्क

दीपककुमार शर्मा
२२ भदौ बर्दिया । रसुवामा आएको बिनासकारी बाढीमा परी बेपत्ता भएका खोजीका लागी बर्दियामा ५५ जनाको डिएनए परिक्षण संकलन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय बर्दियाले बाढीका कारण बेपत्ता भएका बर्दिया ७६ जनाको खोजीका लागी बर्दियाबाट ५५ जनाको डिएनए नमुना संकलन गरिएको प्रहरी नायव उपरिक्षक एंव सुचना अधिकारी रेशम बोहराले जानकारी दिनु भयो । उहाका अनुसार आफन्तको खोजीका लागि भौतारिरहेका बर्दिया का बाढीमा सम्पर्क बिहिन भएका व्यक्तीका परिवारले डिएनएका लागि रगत दिएका हुन।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सम्पर्कविहिन ७६ जना मध्ये बर्दियामा ५५ जना, नेपाल प्रहरी अस्पतालममा १० जना, बाँकेमा तीन जना, चितवन र रसुवामा एक एक जनाको डिएनए परिक्षणका लागि नमुना संकलन भएको छ । चार जना सम्पर्कबिहिनको हकमा सम्बन्धित परिवार सग सम्पर्कको तयारी भैहरेको बोहराले बताउनु भयो ।

  • २२ भाद्र २०८३, सोमबार प्रकाशित
  • Nabintech