२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
झिंगे दाउ २’को ‘जेठानी–देउरानी’ रिलिज
झिंगे दाउ २’को ‘जेठानी–देउरानी’ रिलिज
  • न्युज डेस्क

१९ भदौ काठमाडौं । असोजको २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ । ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत आज सार्वजनिक गरिएको छ ।

गीतमा फिल्मका मुख्य दुई पात्रबीचको झगडा प्रस्तुत गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर रहेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु केकी अधिकारी र आँचल शर्माको झगडा प्रस्तुत गरिएको छ ।यो फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छिन् ।

  • १९ भाद्र २०८३, शुक्रबार प्रकाशित
  • Nabintech