२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
कोहलपुरको चप्परगौडीमा कनोडिया पेट्रोल पम्पमा फेरी पनि ठगी
कोहलपुरको चप्परगौडीमा कनोडिया पेट्रोल पम्पमा फेरी पनि ठगी
  • paschimpatra

बाँके । कोहलपुर नगरपालीका वडा नम्वर १२ चप्परगौडी स्थित पुर्व-पश्चिम राजमार्ग किनारामा रहेको कनोडिया अटो मोबाईल्सको पेट्रोल पम्पमा दैनिक सयौं लिटर प्रेट्रोलियम पर्दाथमा ठगी हुने गरेको उपभोक्ताले फेला पारेका छन् । कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा मिटर रिडिङ्ग गर्ने यन्त्रमा कम प्रेट्रोलियम पर्दाथ ग्राहकलाई दिएर बढी संख्यामा अंक देखाउने गरेको उपभोक्ताले फेला पारी कार्वाहीका लागी कोहलपुर प्रहरीलाई जिम्मा लगाएका छन् ।

कोहलपुरको पूर्व-पश्चिम राजमार्गमा दैनिक हजारौं लिटर डिजल र पेट्रोल ग्राहकले लिने गरेको उक्त पेट्रोल पम्पमा सोमवार साँझ सिन्धुपाल्चोक स्थाइ घर भई कोहलपुर बस्दै आएका लाल बहादुर तामाङले आफ्नो बाग्मती प्रदेशको ०३-००२ प नम्बरको ५.२ लिटर क्षमताको पेट्रोल ट्याङ्की रहेको स्कुटरमा फुल ट्याङ्की पेट्रोल हाल्दा ६.२७ तेल हालेको मेशिनमा देखाएको र पम्पवालाले पैसा पनि ६.२७ लिटरको माग गरेपछी घटना बाहिर आएको हो ।

सोमबार साँझ करिब ८ बजे देखि पेट्रोल पम्पमा बिबाद सृजना भयपछी पम्पका कर्मचारी, प्रहरी र स्थानिय उपभोक्ताको रोहबरमा त्यो कनोडियावाला पेट्रोल पम्पको मेशिन नम्बर २ मा ९:४५ बजे ताला लगाइ बिक्री बितरण बन्द गरि इ.प्र.का. कोहलपुरका प्रतिनिधिलाई चाबी दिइएकोमा घटना सामसुम पार्ने कोशिस भैइरहेको स्रोतले जानकारी दिएको छ।

उक्त पेट्रोल पम्पमा यस अघि पनि नापतौल तथा गुणस्तर क्षेत्रिय कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले चेकजाँचका क्रममा ठगी गर्ने उद्देश्यले मेशिन भित्र चिप्स जडान गरेर ठगी गरेको अवस्थामा फेलापारी कार्वाही गरेको थियो ।

उपभोक्ताको उजुरीपछि केही बर्ष अघि १९ बैशाखमा टोलीले सो पम्पको अनुगमन गरेको थियो । १० लिटर पेट्रोल चेकजाँच गर्दा ५५० मिलिलिटर घटी देखिएपछि सो पम्प सिल गरिएको थियो । हिजो साँझको जस्तै ‘सोही दिन नै पम्प खोलेर अनुसन्धान गर्ने भनिएपनि पम्पको साँचो सञ्चालक सञ्जय कनोडियाले लिएर बाहिर गएका कारण सिल गरेका थियौं, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख शम्भु कुमार झाले बताउनुभएको थियो ।

सञ्चालक कनोडियालाई सम्पर्क गर्दा सम्पर्कमा आउन आलटाल गरेपछि टोलीले पम्पको मुचुल्का खडा गरी फुटाई चेकजाँच गर्दा सो चिप्स भेटिएको वताएको थियो। त्यसबेला टोलीले सेन्सर तारमा लगाइएको थप सेन्सर तार र चिप्स बरामद गरी अनुसन्धानका लागि लिएर आएको थियो । त्यो भन्दा पनि पहिला कनोडिया पेट्रोल पम्पमा कम तेल दिने गरेको भन्दै मुद्दा चलाइएको थियो ।हाम्रो संरचनाबाट

  • २८ असार २०७९, मंगलवार प्रकाशित
  • Nabintech