१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
क्याम्पस प्रशासनलाई विद्यार्थीले बुझाए ८ बुँदे माग–पत्र
क्याम्पस प्रशासनलाई विद्यार्थीले बुझाए ८ बुँदे माग–पत्र
  • paschimpatra

जाजरकाेट ।  भेरी ज्ञानोदय बहुँमुखी क्याम्पस जाजरकाेटकाे प्रशासनलाई विद्यार्थीहरुले सोमबार ८ बुँदे माग–पत्र बुझाएका छन् । मंगलबार नै मागहरु पुरा गर्नुपर्ने विद्यार्थीहरुले अल्टिमेटम जारी गरेका छन् । क्याम्पस प्रशासनले माग पुरा नगरे चरणबद्ध आन्दोलन गर्ने विद्यार्थीहरुले घोषणा गरेका छन् ।

एम.एडमा अध्ययनरत विद्यार्थीहरुको शुल्क मध्यपश्चिम विश्व विद्यालयको नियमानुसार लिनुपर्ने, यो भन्दा पहिला लिएको नियम बिपरितको शुल्क फिर्ता गर्नुपर्ने विद्यार्थीले माग राखेका छन् । विद्यार्थीहरुको पठनपाठन नियमित हुनुपर्ने, बिषयगत शिक्षकको व्यवस्थापन गर्नुपर्ने, पुस्तकायलमा पाठ्यक्रमले सिफारिस गरेका प्राप्त पुस्तकहरुको व्यवस्था गर्नुपर्ने विद्यार्थीहरुले माग–पत्रमा उल्लेख गरेका छन् । क्याम्पसमा तत्काल छात्रबास र छात्रवृतिको व्यवस्था गर्नुपर्ने, भर्ना शुल्कका नाममा लिईएको विलम्ब शुल्क तत्काल फिर्ता गर्नुपर्ने, क्याम्पसका नाममा रहेको अक्षकोष र मुद्धति कोषको रकमलाई उपदानमा खर्च गर्न नहुने विद्यार्थीले क्याम्पस प्रशासन समक्ष माग राखेका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अनुन्धान मुलक तालिमको व्यवस्था गर्नुको साथै अनुसन्धान मुलक कार्यक्रम संचालन गर्नुपर्ने, क्याम्पस भवनमा झ्याल ढोकाको व्यवस्था गर्नुपर्ने विद्यार्थीले राखेका मागमा समेटिएको छ ।

भेरी ज्ञानोदय बहुँमुखी क्याम्पसको मुद्धति खातामा एक करोड ९ लाख रहेको बताईएको छ । यो भन्दा अगाडी उपदानमा निक्लिएका उपप्रध्यापकहरुलाई उक्त मुद्धति कोषमा रहेको रकम दिन क्याम्पस प्रशासन लागिपरेको बुझिएको छ ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित
  • Nabintech