
७ भदौ काठमाडौँ । जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् । टोलीले शनिबार यो घोषणा गरेको हो।अन्तर्राष्ट्रिय तथा फ्रान्चाइजी क्रिकेटमा लामो अनुभव भएका राजा एक प्रभावशाली अलराउन्डरका रूपमा चिनिन्छन् ।
ब्याटिङ र बलिङ दुवै माध्यमबाट खेलको नतिजा बदल्न सक्ने क्षमता राख्ने उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट उच्चस्तरीय क्रिकेट खेल्नुका साथै विश्वका प्रमुख टी–२० लिगहरूमा पनि सहभागिता जनाइसकेका छन् ।यसअघि सन् २०२१ मा एभरेस्ट प्रिमियर लिग ईपीएलमा विराटनगर वारियर्सबाट नेपालमा खेलिसकेका राजाको आगमनले चितवन राइनोजको अन्तर्राष्ट्रिय खेलाडी लाइन अप थप बलियो बनाएको छ।