१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
लिप्ट सिंचाई आयोजना निर्माण भएपछि कृषक हर्षित
लिप्ट सिंचाई आयोजना निर्माण भएपछि कृषक हर्षित
  • paschimpatra

जाजरकोट । भेरी नगरपालिका १ रिम्नामा लिप्ट सिंचाई आयोजना निर्माण भएपछि कृषक हर्षित भएका छन् ।

कृषि विकास कार्यालय जाजरकोटको ८० प्रतिशत अनुदान र स्थानीय उपभोक्ताको २० प्रतिशत श्रमदान बाट लिप्ट सिंचाई आयोजना निर्माण भएपछि उनीहरु खुशी भएका हुन् ।

जम्मा २५ लाख लागतमा निर्माण भएको लिप्ट आयोजना बाट रिम्नाका करीब १ सय  घरधुरी लाभाम्वित हुने स्थानीय दिनेश रानाले बताए ।

उनले भने, ‘हामी निकै हर्षित छौं, तल भेरी नदी बग्ने तर हाम्रो वारीमा कहिले पानी नपुग्ने समस्या टरेको छ ।’ लिप्ट सिंचाई आयोजनाको पानी सिंचाई मात्र नभई पिउन योग्य रहेको  अर्का स्थानीय वेकबहादुर रानाले बताए । उनले भने, ‘बारीमा सिंचाई मात्र होइन्, यो पानी पिउन समेत योग्य छ, फिल्टर गरेर नदी बाट माथि पानी आएको छ ।’

रिम्नामा सिंचाईकाे आवश्यकता ठानेर कार्यालयले लिप्ट सिंचाई आयोजना निर्माण गरेको कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालले जानकारी दिए । बनेको लिप्ट सिंचाई आयोजनाको संरक्षण गर्न समेत धितालले आग्रह गरे । भेरी नदी बाट सोलार बाट पावर दिएर पानी तान्ने काम गरिएको छ ।

बर्षौ देखि स्थानीयले गर्दे आएको खेतीपाती सँगै तरकारी बालीहरु समेत लगाउन किसानलाई राहत पुगेको छ ।

  • २७ असार २०७९, सोमबार प्रकाशित
  • Nabintech