७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरी नगरपालिकालाई
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरी नगरपालिकालाई
  • paschimpatra

जाजरकोट । जाजरकोटमा सञ्चालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरी नगरपालिकाले हात पारेकाे छ ।

उद्घाटन त्रिभुवन मावि खलगा‌ंकाे मैदानमा भएपनि रातोमाटो भएको  खेलमैदानमा बर्षातका कारण खेल हुन नसकेपछि विहिवार देखि भेरीत्रिवेणी मावि रिम्नामा खेल खेलाउन थालिएको थियाे । स्थान परिवर्तन गरेर  संचालन भएकाे प्रतियाेगितामा   २१ स्वर्ण, ७ रजत २ कास्य सहित कुल ३१ पदकका साथ  भेरी नगरपालिका प्रथम हुँदै शिल्ड हात पारेकाे हाे ।

 यस्तै, ९ स्वर्ण, १८ रजत, २ कास्य सहित शिवालय गाउँपालिका दृतिय र ४ रजत , ९ कास्य सहित बारेकोट गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ ।

तीन बर्ष देखि कोरोनाले स्थिगित भएको शिल्डलाई यतिवेला चुनौतीका विच सम्पन्न गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेत ( एनवी) ले जानकारी दिए । असार १५ गते देखि संचालन भएको प्रतियोगिता १७ गते सम्म जिल्ला खेलकुद विकास समितिले सञ्चालन गरेको थियो ।

  • १९ असार २०७९, आईतवार प्रकाशित
  • Nabintech