२१ कार्तिक २०८३, शुक्रबार
२१ कार्तिक २०८३, शुक्रबार
श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ
श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ
  • न्युज डेस्क

Mirissa is a small town on the south coast of Sri Lanka, located in the Matara District of the Southern Province.

२९ साउन काठमान्डौं । श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको आरोपमा नौ भारतीय माझीलाई पक्राउ गर्नुका साथै उनीहरूले प्रयोग गरेको माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको छ । नौसेनाका अनुसार बुधबार राति देशको उत्तरी क्षेत्र तालाइमन्नारस्थित उरुमलाई प्वाइन्टनजिकै गस्ती गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरू सवार डुङ्गाले अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा पार गरी श्रीलङ्काको जल क्षेत्रमा प्रवेश गरेको नौसेनाले जनाएको छ । पक्राउ परेका माझीहरूले समुद्री सतह तथा समुद्री पारिस्थितिक प्रणालीमा क्षति पुर्‍याउन सक्ने ‘बटम ट्रलिङ’ विधिबाट माछा मारिरहेको पाइएको नौसेनाको भनाइ छ ।पक्राउ परेका नौ माझी र नियन्त्रणमा लिइएको डुङ्गालाई थप कानूनी कारबाहीका लागि मन्नारका मत्स्य निरीक्षकसमक्ष बुझाइनेछ ।

  • २९ श्रावण २०८३, शुक्रबार प्रकाशित
  • Nabintech