२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
कुटपिट गरी ज्यान मार्ने उद्योगमा जाजरकोटमा युवक पक्राउ
कुटपिट गरी ज्यान मार्ने उद्योगमा जाजरकोटमा युवक पक्राउ
  • paschimpatra

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–५ मुलीमा एक व्यक्तिमाथि चुरोट खुवाई कुटपिट गर्नुका साथै घाँटीमा नाइलनको कपडाले कसी बेहोस बनाएर लुटपाट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन २४ गते राति करिब ११ बजे नलगाड नगरपालिका–५ मुलीस्थित आफ्नै घरमा रहेका ५१ वर्षीय चन्द्रबहादुर वलीलाई उनका घरमा बस्ने २८ वर्षीय सुमन वलीले चुरोट खुवाई कुटपिट गरेका थिए। त्यसपछि घाँटीमा खादा (नाइलनको कपडा) ले कसी बेहोस बनाई घरदेखि करिब २ सय मिटर टाढा बारीमा लगेर नगद रुपैयाँसमेत लिएर गएको आरोप छ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले सुमन वलीको खोजतलास थालेको थियो। खोजतलासका क्रममा साउन २७ गते दिउँसो करिब ४ः३० बजे नलगाड नगरपालिका–५ मुलीस्थित सार्वजनिक बाटोमा फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
पक्राउ परेका वलीविरुद्ध जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग मुद्दामा पहिलो पटक सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २९ श्रावण २०८३, शुक्रबार प्रकाशित
  • Nabintech