६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
असार २९ गते रातो दरवार प्रांगणमा लयमा कविता वाचन प्रतियोगिता हुँदै
असार २९ गते रातो दरवार प्रांगणमा लयमा कविता वाचन प्रतियोगिता हुँदै
  • paschimpatra

जाजरकाेट । जाजरकोट खलंगाको रातो दरवार प्रांगणमा लयमा कविता वाचन प्रतियोगिता हुने भएको छ ।

नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभुति भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसरमा असार २९ गते लयमा कविता वाचन प्रतियोगिताको आयोजना हुन लागेको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा खलंगाको पहिलो दरवार रातो दरवारको प्रांगणमा खुला कविता वाचन प्रतियोगिता हुन लागेको हो ।

आदिकवि भानुभक्त प्रति सम्मान तथा सम्झना व्यक्त गर्न र जिल्लामा साहित्य एवम कलाको संरक्षणमा टेवा पुरयाउन लयमा कविता प्रतियोगिताको आयोजना गरिएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए । उनले असार २९ गते लयमा कविता प्रतियोगिताका साथै भानु र घाँसीको सम्वाद वारेको लघुनाटक पनि मन्चन गरिने जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष केसीका अनुसार लयमा कविता वाचन प्रतियोगितामा प्रथम हुनेलाइ नगद रु ६ हजार र प्रमाणपत्र, द्धितीय हुनेलाइ ४ हजार नगद र प्रमणपत्र, तृतीय हुनेलाइ २ हजार ५ सय नगद र प्रमाणपत्र तथा सान्त्वना हुने एक जनालाइ १ हजार ५ सय नगद र प्रमाणपत्र वितरण गरिने छ ।कविता प्रतियोगितामा सहभागि हुन चहानेहरुले असार २८ गते दिउसो ३ वजे भित्र आफनो नाम दर्ता गराउनु पर्ने गरि सार्वजनिक सुचना जारी गरिएको प्रतिष्ठानका अध्यक्ष केसीले वताए ।

जाजरकोटको इतिहास, साहित्य, कला, सँस्कृति, भाषा, भेषभुषा, मौलिकता र प्राकृतिक सम्पदाहरुको संरक्षणको लागि जिल्लावासी लगाएत सवै सरोकारवालाहरुको पहल जुटाउने उद्देस्यले भर्खरै स्थापना भएको प्रतिष्ठानले आफनो पहिलो कार्यक्रमको रुपमा भानुभकत आचार्यको जन्मजयन्तीको अवसरमा लयमा कविता वाचन प्रतियोगिता आयोजना गरेको वताइएको छ ।

सो कार्यक्रममा प्रतिष्ठानको परिचय तथा उद्देस्यवारे सवैलाइ जानकारी दिने कार्यक्रम समेत रहेको आयोजकको भनाइ छ । इतिहास, कला, सँस्कृति, साहित्य, भाषा तथा भेषभुषाको मौलिकतामा जाजरकोट निकै वैभवशाली भएपनि यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न खासै पहल हुन नसकेको स्थानीय सरोकारवालाहरु वताउछन् ।

  • १७ असार २०७९, शुक्रबार प्रकाशित
  • Nabintech