१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
माधव नेपाल बचनका पक्का : आफूपनि पूरा गर्छन्, अरुले पनि पूरा गरोस् चाहान्छन्
माधव नेपाल बचनका पक्का : आफूपनि पूरा गर्छन्, अरुले पनि पूरा गरोस् चाहान्छन्
  • paschimpatra

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा आएको उछालले युटर्न लिएको छ । तत्कालीन समयमा नेपालका वामघटक (२०७५ साल) एकीकृत भएको खुसीयाली र त्यसपछिका विभिन्न चरणहरुले अहिलेको राजनीतिलाई फरक बाटोबाट परिस्कृत गर्दै लगिरहेको छ ।

यतिबेला सरकारमा पाँचदलीय गठबन्धनले मुलुकलाई गति दिने प्रयत्न गरिरहेका छन् । भिन्न आस्था, स्वभाव, लक्ष्य, एजेण्डा बोकेका दलहरुले एकैसाथ काँध मिलाएका छन् । आआफ्नो बाचामा सबै दृढ छन् । नेकपाको उदयपछिका भद्र सहमतिहरु कार्यान्वयनमा नआएपछि एकै पार्टीका नेताहरु फरक–फरक बाटोमा लागेका छन् ।

नेपाली राजनीतिमा बारम्बार दोहोरिने अनुहारहरुले आफ्नै रजगजका लागि सहमतिलाई लत्याउँदा पछिल्लो समय मुलुक बिषम परिस्थितिबाट गुज्रिनु परेको छ । मुलुकलाई सही दिशामा डो¥याउनका निम्ति गठबन्धनबीच भएका सहमतिहरु केही नेताको असहमतिका बाबजुद पनि अहिलेसम्म निरन्तर चलिरहेका छन् ।

पछिल्लो समयको वामघटकको एकीकरण सत्ता स्वाःर्थ र अराजनीतिक भावनाका कारणले तुहिन पुगेको हो । आफ्नो अस्तित्व खतरामा पर्ने डरले भएका सहमतिहरुलाई तोड्दै जाँदा राजनीतिले फरक मोड लिन पुगेको हो । अहिले पनि विकसित राजनीतिलाई धरापमा पार्नका लागि विभिन्न तत्वहरुबाट निकै चलखेल भएको पाइन्छ ।

पछिल्लो राजीनितक घटनाक्रमलाई सही ट्रयाकमा ल्याउनका निम्ति पाँचदलहरुले गरेको प्रयास सार्थक बनेपनि विभिन्न कोणबाट यसलाई भत्काउनका निम्ति चलखेल भएकै छ, तर यसको वास्तविकता बुझेका नेताहरु आफ्नो सहमतिमा दृढ रहेका छन् । एमालेकै एक नेताका अनुसार हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बचनका पक्का व्यक्ति हुन् ।

नेपालले आफ्ना कार्यकर्ताहरुसँग गर्ने व्यवहार निकै स्वच्छन्द रहेको ती नेता बताउँछन् । उनलाई स्मरण छ, एमालेमै रहँदा पनि समयसमयमा फोन सम्पर्क गर्ने, फोनब्याक गर्ने नेपालका राम्रा बानी हुन् । पछिल्लो समयको पाँचदलीय गठबन्धनमा पनि उनको प्रयासले मुलुकले गति लिएको धेरैको बुझाइ छ ।

नेपालले आफूले दिएको बचन पूरा गर्न जानेका छन्, र आफूलाई आएको आश्वासन पनि पुरा होस् चाहान्छन् । नेपाली राजनीतिका क्षेत्रमा लामो समय काम गरेका नेताहरुमा नेपालको जस्तो व्यवहार अझै विकास हुन सकेको छैन ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech