
२२ माघ बर्दिया । बर्दियामा एकै दिन वन्यजन्तुको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका–९ गाउँ नम्बर १३ की ४९ वर्षीया मैसरा डाँगीको मृत्यु भएको छ भने यसै गरी चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार मृत्यु भएको हो ।
आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्किएको पाटेबाघले आक्रमण डाँगीको मृत्यु भएको हो । ‘यसै गरीरोकायको भने बारबर्दिया नगरपालिका–११ बेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।