२१ श्रावण २०८३, बिहीबार
२१ श्रावण २०८३, बिहीबार
बृद्ध भत्ता बुझेर घर फर्कदै गर्दा खोलाले बगायो , एक जना बृद्धको मृत्यु
बृद्ध भत्ता बुझेर घर फर्कदै गर्दा खोलाले बगायो , एक जना बृद्धको मृत्यु
  • न्युज डेस्क

२१ साउन रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।जिल्लाको सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो ।

सामाजिक सुरक्षा बृद्ध भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट फर्कदै गरेका सुनछहरी गाउँपालिका १ घुसबाङका ७३ वर्षका मसान घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।त्यस्तै अर्का जोखै घर्ती मगर घाइते भएको र घाइते घर्तीलाई स्थानीय र प्रहरीले उद्धार गरि पचारका लागि सुलिचौर पठाइएको छ ।

  • २१ श्रावण २०८३, बिहीबार प्रकाशित
  • Nabintech