१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय धान दिवस १५ गते कर्णाली प्रदेशमा सार्वजनिक विदा
राष्ट्रिय धान दिवस १५ गते कर्णाली प्रदेशमा सार्वजनिक विदा
  • paschimpatra

जाजरकाेट । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव/प्रवक्ता निधी राज न्याैपानेका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सो निर्णय गरिएको हो ।

  • १४ असार २०७९, मंगलवार प्रकाशित
  • Nabintech