
दीपककुमार शर्मा
१९ साउन बर्दिया । साथीको हत्याको आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आफु सगै बाइकमा सवार साथीको हत्या गरेको आरोपमा ठाकुरबाबा नगरपालिका ७ कालीगौंडी निवासी २० वर्षिय गोविन्द जैसी पक्राउ परेका हुन । घटना विवरण अनुसार साउन १५ गतेराती करिब २ वजेको समयमा हात्तीसार बाट ठाकुरद्धारा तर्फ जाँदै गरेको लु. प्र. ००१ -०१२ प ०८२५ नम्बरको मोटरसाइकल बर्दियाको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्धारामै दुर्घटनामा परेको थियो ।
मोटरसाइकल २० वर्षिय गोविन्द जैसीले चलाइरहेका थिए पछाडि सवार थिए ठाकुरबाबा नगरपालिका ९ बेतहनीका २७ वर्षिय आसाराम थारु मोटरसाइकल दुर्घटना भएपछि सामान्य घाइते भएका थारुलाई जैसीले नजिकै रहेको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी घाटि कसेर हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक एंव सूचना अधिकारी रेशम बोहराले जानकारी दिनु भयो । उहाका अनुसार थारुको हत्या गरे लगत्तै घटनास्थलबाट जैसी भागेका थिए । प्रहरीले उनको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको थियो । उनलाई सामान्य चोट लागेको छ । थारुको शव साउन १७ गते ठाकुरद्धाराबाट कुशलपुर तर्फ जाने सिँचाइ नालामा फेला परेको थियो ।