
१८ बैशाख काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि भएको हो ।नयाँ मूल्य वृद्धिसँगै अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।