
४ बैशाख काठमान्डौं । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र ६ यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकोप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेटपछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।विमानमा एक मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ। लाइसाले विज्ञप्तिमार्फत जनाएका छन् ।
सूचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेलिकोप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।यस अघि जनवरीमा मत्स्यपालन मन्त्रालयले भाडामा लिएको टर्बोप्रप हेलिकोप्टर सुलावेसी टापुको पाहाडमा दुर्घटना हुँदा विमानमा सवार सबै १० जनाको मृत्यु भएको थियो ।