
३ बैखाख काठमान्डौं । टर्कीमा लगातार दोस्रो दिन विद्यालयमा गोली प्रहारको घटना सार्वजनिक भएको छ । बुधबार एउटा मिडल स्कुलमा १३ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षक र आठ विद्यार्थीसहित ९ जनाको मृत्यु भएको छ । घटनााम करिब १३ जना घाइते भएका छन् । आक्रमणकारीले पछि आफैँलाई पनि गोली हानेका थिए ।आक्रमणकारी कक्षा ८ मा अध्ययनरत विद्यार्थी थिए । उनी आफ्नो झोलामा पाँचवटा हतियार र सातवटा म्यागजिन लिएर विद्यालय पुगेका थिए ।प्रारम्भिक जानकारीअनुसार ती हतियार उनका बुबाको ९अवकाश प्राप्त प्रहरी अधिकारी० हुन सक्ने अनुमान गरिएको गभर्नर मुकेर्रम उनलुएरले जनाएका छन् ।
गभर्नरका अनुसार, आक्रमणकारी विद्यालयभित्रका दुईवटा कक्षाकोठामा प्रवेश गरेका थिए, जहाँ कक्षा ५ का विद्यार्थीहरू पढिरहेका थिए । उनले त्यहाँ अन्धाधुन्ध गोली चलाएका थिए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शल्यक्रिया भइरहेको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा गोलीबारी भइरहँदा धेरै विद्यार्थीहरू ज्यान जोगाउन विद्यालयको दोस्रो तलाबाट हामफालिरहेको देखिएको छ । सीसीटीभी फुटेजमा पनि आक्रमणकारीले विद्यालयको करिडोरमा विद्यार्थीहरूमाथि गोली चलाइरहेको देखिएको छ । न्यायमन्त्री अकिन गुर्लेकले यो घटनाको गम्भीर अनुसन्धान सुरु गरिएको बताएका छन् ।