१ बैशाख २०८३, मंगलवार
१ बैशाख २०८३, मंगलवार
सृजना मृत्यु प्रकरणका थप २ आरोपी पक्राउ
सृजना मृत्यु प्रकरणका थप २ आरोपी पक्राउ
  • न्युज डेस्क

१ बैशाख बाँके । बाँकेमा सृजना मृत्यु प्रकरणमा आरोपी थप २ जना पक्राउ परेका छन । बाँकेको नेपालगन्जमा गत चैत्र १४ गते सृजना बुढा मगरको जलेर भएको मृत्यु प्रकरणका थप २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको छ । किटानी जाहेरीपछि फरार रहेका २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृत्यु प्रकरणमा मुख्य आरोपित आरिफ ढपालीका पिता ५० वर्षीय रहमद ढपाली र भाई २१ वर्षीय आदिल ढपाली रहेका छन् ।यसअघि नै मृत्यु प्रकरणका मुख्य आरोपित मृतक सृजनाका प्रेमी आरिफसहित उनका आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।चैत्र १४ गते राती ११ः३५ बजेको समयमा नेपालगन्ज १२ स्थित कोरियनपुरको सडकमा जलेको अवस्थामा सृजना फेला परेकी थिइन् ।

  • १ बैशाख २०८३, मंगलवार प्रकाशित
  • Nabintech