
१ बैशाख काठमान्डौं । नेपालमा झण्डै दुईतिहाइ बहुमतसहित उदय भएको नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाभित्र नेतृत्व, नीति र शक्ति सन्तुलनलाई लिएर तनाव निम्तित सक्ने एक अमेरिकी अध्ययनले देखाएको छ । अमेरिकी कांग्रेस अनुसन्धान सेवा सीआरएसले तयार पारेको प्रतिवेदनमा रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भविष्यमा मतभेद उत्पन्न हुन सक्ने सम्भावनालाई प्रमुख राजनीतिक चुनौतीका रूपमा उल्लेख गरिएको छ ।
यद्यपि प्रतिवेदनले तत्काल कुनै प्रत्यक्ष विवाद वा संकट रहेको उल्लेख गरेको छैन । तर पार्टीको संरचना, नेतृत्व शैली र निर्णय प्रक्रियामा देखिने मतभिन्नताका कारण दीर्घकालीन रूपमा असन्तुलन आउन सक्ने संकेत गरेको छ ।प्रतिवेदनले रास्वपालाई अम्ब्रेला अर्गनाइजेसन अर्थात् विभिन्न असन्तुष्ट समूहहरूको साझा प्लेटफर्मका रूपमा व्याख्या गरेको छ । रवि लामिछानेको नेतृत्वमा पार्टीले ुसुशासन, भ्रष्टाचारविरुद्ध अभियान र प्रणालीगत सुधारुलाई मुख्य एजेन्डा बनाएको देखिएको तर पार्टीभित्र विचार, रणनीति र नेतृत्वको शैलीमा एकरूपता अझै स्थापित भइनसकेको विषय प्रतिवेदनमा उल्लेख छ ।रिपोर्टले बालेन र रविबीच स्पष्ट रूपमा अहिले कुनै ठूलो विवाद नभएको उल्लेख गरे पनि केही संरचनागत कारणले भविष्यमा तनाव आउन सक्ने संकेत गरेको हो । बालेन व्यक्तिगत लोकप्रियता र स्वतन्त्र छविका नेता भएको तर रास्वपा संस्थागत पार्टी संरचना निर्माणमा केन्द्रित देखिएकोले एकतामा दरार आउन सक्ने सम्भावना देखिएको रिपोर्टमा उल्लेख छ ।यसैगरी बालेनको सञ्चार शैली प्रत्यक्ष र सामाजिक सञ्जाल(केन्द्रित रहेको तर पार्टीले औपचारिक संरचनामार्फत नीति निर्माण गर्ने प्रयास गरिरहेको विषयले पनि भविष्यमा समस्या आउनसक्ने सम्भावना देखिएको रिपोर्टमा भनिएको छ ।